
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नीतिगत सुधार गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भन्दै भदौ १ गतेदेखि श्रमिक उडाउन रोक्ने घाेषणा गरेको छ ।
साउन २२ सम्म श्रम स्वीकृति लिएका श्रमिक भदौ १ गतेसम्ममा गइसक्नुपर्ने संघको भनाइ छ ।
१५ दिन अगाडि व्यवसायी भेलामार्फत १५ बुँदे माग राखेर आन्दोलनका कार्यक्रम तय गरेको संघले शुक्रबार पत्रकार सम्मेलन गरी संघले उठाएका ऐन संशोधन लगायतका केही समस्या समाधानका लागि सरकार सकारात्मक भएपनि सेवाशुल्क परिमार्जन र हवाई भाडामा भ्याटमा छुटकाे मुख्य मागमा सरकारले ठाेस काम गर्न नचाहेको संघको भनाइ छ ।
नीतिगत सुधारबिना वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, सम्मानित, पारदर्शी र दिगो बनाउन सम्भव नभएको पनि संघले बताएको छ ।