
काठमाडौँ : कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गए राती भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।