२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

दैलेखमा ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Nada
२०८३ साउन २३ गते १५:०३
Shares
दैलेखमा ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ : दैलेखमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

ncell

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्री रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक रोकाय ट्रकमुनि च्यापिन पुगेका थिए ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर