२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कुवेतमा राजदूत लम्सालसहित १०२ नेपालीले गरे रक्तदान

Nada
२०८३ साउन २३ गते १५:३६
Shares
कुवेतमा राजदूत लम्सालसहित १०२ नेपालीले गरे रक्तदान

कुवेत : नेपाल पत्रकार महासंघ, कुवेतको १७औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालसहित १०२ नेपालीले रक्तदान गरेका छन् । कुवेतस्थित सेन्ट्रल ब्लड बैंक जाब्रियामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा राजदूत लम्सालसहित अन्य नेपाली श्रमिकले रक्तदान गरेका हुन् ।

ncell

अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा करिब १०२ नेपालीले रक्तदान गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राजमल्ल ठकुरीले बताए । कतिपय नेपाली रक्तदानका लागि ब्लड बैंक पुगे पनि स्वास्थ्य परीक्षणमा फिट नहुँदा फर्किनुपरेको उनले बताए । महासंघले यसअघि पनि पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

माधव शाही स्मृति पत्रकारिता पुरस्कार जिमीलाई

महासंघको स्थापना दिवसकै अवसरमा माधव शाही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारबाट निरेम प्रोडक्सनका अध्यक्ष तथा पत्रकार महासंघ वैदेशिक शाखाका सदस्य प्रेमकुमार जिमी सम्मानित भएका छन् । उनलाई नगद ७५ केडीसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ कुवेतले विगत चार वर्षदेखि हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पूर्वउपाध्यक्षसमेत रहेका शाहीको पाँच वर्षअघि हृदयाघातका कारण असामयिक निधन भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर