२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

‘मौलशोभा राई आमा सम्मान-२०८१’ विमला राईलाई

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १७:२४
‘मौलशोभा राई आमा सम्मान-२०८१’ विमला राईलाई

काठमाडौँ : साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान-२०८१’ ले सम्मान गरिने भएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका  महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो । साहित्यकार तथा लेखक डा. पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ । 

साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद रु ५० हजार र ताम्र पत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा. पुरण राईले जानकारी दिए । 

भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिकी आमामध्ये एक जनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा. राईले बताए । नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याएको योगदान स्वरूप उनकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय गरिएको हो ।

सम्मानित हुने विमला राई झापा घर भइ हाल काठमाडौँ बस्दै आएकी छिन्  । उनलाई प्रदान गरिने पुरस्कार घोषणा कार्यक्रममा कानुन व्यवसायी एवं साहित्यकार किवाहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतको उपस्थिति रहेको थियो ।

साहित्यकार डा. पुरण राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कार विधाजस्ता कृति प्रकाशित छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise