२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १७:३१
नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडौंः सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
उक्त बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले सङ्घीय भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको सिरहाको नवराजपुर गाउँपालिका–४ को ०–१९–० विघा जग्गा इलाका प्रहरी कार्यालय, झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
 
बैठकले यही साउन २९ देखि ३२ सम्म भुटानमा आयोजना हुने दक्षिण एशियाली निर्वाचन व्यवस्थापनसम्बन्धी निकायको बाह्रौं सम्मेलन सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले एसियाली विकास बैङ्कबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (अनुमानित रु. १४ अर्ब ६३ करोड) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (अनुमानित रु. एक अर्व ९९ करोड)अनुदान स्वीकारका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ ।
 
बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise