२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी

Nada
२०८३ साउन २४ गते १२:०५
Shares
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।

ncell

आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटेल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

गोसाईंकुण्ड मार्ग होटेल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।

तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले  दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटेल व्यवसायीलाई अनुरोध गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर