२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बालुवा उत्खनन र चोरी निकासी रोक्न माग

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १७:४६
बालुवा उत्खनन र चोरी निकासी रोक्न माग

काठमाडौँ : सांसद राजेन्द्रप्रसाद पाण्डेले गैरकानुनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले वर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिएका हुन् । 

सांसद असिम शाहले अधिकांश युवाहरु विदेशीने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताए ।

सांसद प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानुन नबनाउदासम्म मुलुकमा भ्रष्टाचार कम नहुने र सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्य रोक्नुपर्नेमा जोड दिए ।

सांसद चित्रबहादुर केसीले देशभर अविरल वर्षाका कारण जनधनको क्षति भएको उल्लेख गर्दै बाग्लुङमा ११ जनाको ज्यान गएको छ भने तीनजना ट्रमा सेन्टरमा उपचार भइरहको हुँदा पहिरापीडितलाई सहयोग गर्न अनुरोध गरे ।

सांसदहरु राजेन्द्रकुमार केसी र तारा लामा तामाङले विद्युत् महसुल बक्यौतासम्बन्धी धारणा राखे । 

सांसद रञ्जु झाले भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले स्वास्थ्य बीमालाई बढाएर एक लाखबाट पाँच लाख पु¥याएकोमा प्रसंशा गरे।

सांसद अब्दुल खाँनले बर्दियाका विभिन्न क्षेत्र बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

सांसद धु्रवबहादुर प्रधानले धार्मिक पर्यटनको नेपालमा राम्रो सम्भावना भएको र पर्यटन भित्रयाउनका लागि सरकारले योजना बनाउनुपर्ने बताए । 

सांसद प्रेमबहादुर महर्जनले बाढीपहिरा कारण जनधनको क्षति भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुषित पानीले मानिस बिरामी परिरहेका बताए । सांसद निशा डाँगीले देशमै बस्ने वातावरण बनाउनका लागि सरकारको ध्यानार्षण गराए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise