२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रेमिट्यान्स पठाउने श्रमिकलाई मताधिकारदेखि २४ घण्टे बिमासम्मको अधिकार देऊ : पन्थी

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २४ गते २०:५५
Shares
रेमिट्यान्स पठाउने श्रमिकलाई मताधिकारदेखि २४ घण्टे बिमासम्मको अधिकार देऊ : पन्थी

दोहा, कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका अध्यक्ष कृष्ण पन्थीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकार, सुरक्षा, स्वास्थ्य, सामाजिक संरक्षण र मतदान अधिकार सुनिश्चित गर्न नेपाल सरकारसँग ठोस कदम चाल्न आग्रह गरेका छन् । गत शुक्रबार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै पन्थीले रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका श्रमिकलाई राज्यले सम्मान र प्राथमिकता दिनुपर्ने बताए । 

ncell

अध्यक्ष पन्थीले विदेशमा समस्यामा परेका श्रमिकलाई तत्काल सहयोग गर्न राष्ट्रिय श्रमिक कोष, विदेशमा रहँदासम्म २४ घण्टे पूर्ण बिमा सुरक्षा र नेपालमा विशेष श्रमिक अस्पताल स्थापना गर्नुपर्ने माग गर्दै 'श्रमिककै पसिनाबाट बनेको कोषले कठिन समयमा श्रमिककै साथ दिन सक्नुपर्छ,' उनले भने । विदेशस्थित नेपाली दूतावासबाट राहदानीसँगै परिचयपत्र सेवा सहज बनाउन तथा न्यून आय भएका श्रमिकलाई आईपीओ लगायत नेपालका लगानीका अवसरमा सहभागी हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । कतारमा उपचाररत नेपाली श्रमिकको उदाहरण दिँदै पन्थीले विदेशमा उपचार पाए पनि परिवारबाट टाढा हुँदा श्रमिकले थप मानसिक तथा भावनात्मक कठिनाइ भोग्नुपर्ने धाराणा राखे । 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने माग गर्दै पन्थीले  दूतावासमार्फत मतदान, अनलाइन मतदान वा अन्य प्रविधिको प्रयोग गर्न सुझाव समेत दिँदै 'रेमिट्यान्सले देशको अर्थतन्त्र चल्ने तर श्रमिकको मताधिकार सुनिश्चित नहुने अवस्था हुनुहुँदैन,' पन्थीले भने । कार्यक्रममा उनले उठाएका विषयलाई नेम्वाङले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर