२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बृहत् निःशुल्क आँखा शिविरमा ३०५ जना लाभान्वित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २४ गते २१:४४
Shares
बृहत् निःशुल्क आँखा शिविरमा ३०५ जना लाभान्वित

रौतहट : नेपाल ब्रह्मर्षी समाज कार्य समिति रौतहटको सक्रिय सहभागितामा गौर आँखा अस्पतालको महाअभियानअन्तर्गत सर्लाहीको बलरा नगरपालिका–४ स्थित धुलिखेल अस्पतालमा वृक्षरोपणसहितको विशाल निःशुल्क बृहत् आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

ncell

रुइत फाउन्डेसनको आर्थिक सहयोग, गौर आँखा अस्पताल तथा बलरा–४ का समाजसेवी एवं वडा अध्यक्ष मणिभूषण सिंहको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।  

कार्यक्रमको सुरुवात वडाध्यक्ष मणिभूषण सिंह, नेपाल ब्रह्मर्षि समाज कार्य समिति रौतहटका अध्यक्ष राजीव ठाकुर, धुलिखेल अस्पतालका डा.आशिष अञ्जुम, गौर आँखा अस्पतालकी नेत्र अधिकृत विनिता केशरी र दृष्टि विशेषज्ञ मदन चौधरीलगायत ११ सदस्यीय प्राविधिक टोलीले संयुक्त रूपमा वृक्षरोपण गरी गरेका थिए । शिविरमा सञ्चारकर्मी, विभिन्न मिडियाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो । 

शिविरमा कुल ३०५ जना बिरामी १६१ पुरुष र १४४ महिलाले विशेष परामर्शसहित आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।

तीमध्ये मोतियाबिन्दु पहिचान भएका ८३ जना बिरामीका लागि अस्पतालसम्म ल्याउने–लैजाने यातायात निःशुल्क लेन्ससहितको शल्यक्रिया तथा सम्पूर्ण आवश्यक उपचारको व्यवस्था मिलाइएको छ । साथै १४६ जना बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

समारोहमा प्रमुख अतिथि तथा अस्पतालका कर्मचारीहरूलाई नेपाल ब्रह्मर्षि समाज कार्य समिति रौतहटका अध्यक्ष राजीव ठाकुरले स्वागत गरेका थिए । कार्यक्रमको समग्र समन्वय तथा प्रचार–प्रसारको जिम्मेवारी संयोजक सत्येन्द्र पाण्डेले सम्हालेका थिए ।

महाअभियानलाई सफल बनाउन बलरा–४ का समाजसेवी सुबोध सिंह बिटु सिंहले विशेष भूमिका निभाएका थिए । उनले गौर आँखा अस्पतालका तर्फबाट दुवै अस्पताललाई मायाको चिनो प्रदान गर्दै संस्थागत सहकार्य र साझेदारीलाई थप सुदृढ बनाएका थिए ।

गौर आँखा अस्पतालको यस महाअभियानलाई निरन्तरता दिँदै आगामी श्रावण ३१ गते रौतहटको मलाही टोलमा पूर्व विद्यार्थी समाज र लायन्स क्लबको संयुक्त आयोजनामा अर्को बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिने संयोजक पाण्डेले जनाए ।

ताजा खबर

सम्बन्धित खबर