२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एएफसी च्यालेन्ज लिग : भुटानको पारोसँग चर्च ब्वाइज पराजित

ADV
मध्यान्ह
२०८१ साउन २९ गते २०:१२
एएफसी च्यालेन्ज लिग : भुटानको पारोसँग चर्च ब्वाइज पराजित

काठमाडौं : चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदै चर्च ब्वाइज छनोटबाट बाहिरिएको हो ।

लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले शुरुवाती अग्रता लिएको थियो । तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्दै जित निकालेको हो ।

३९औं मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई शुरुवाती अग्रता दिलाए । मोसेस टुमले मिलाइदिएको पासमा उनले गोल लाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भयो ।

एक मिनेटपनि नबित्दै किङ्गा वाङ्चुङले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ६७औं मिनेटमा विलियन ओपुकुले गोल गर्दै पारोलाई २-१ गोलअन्तरको जित दिलाए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise