एस.पी. गाैरब/मध्यान्ह
सर्लाही : सर्लाहीकाे ईश्वरपुर नगरपालिका ९ खाेरियाे टाेलमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
ईश्वरपुर नगरपालिका ९ खोरिया टोलस्थित बयलवासबाट नाढिमनतर्फ जाँदै गरेको माेटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाइकलका चालककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
माेटरसाइकल दुर्घटना हुँदा चन्द्रनगर गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय विजय मुखियाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले मध्यान्हलाई बताए ।
उनका अनुसार माेटरसाइकल चालक मुखियाकाे अनुहार, टाउको र शरीरमा चोट लागेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
दुर्घटना भएको माेटरसाइकल प्रहरीकाे नियन्त्रणमा रहेकाे भए पनि प्रहरीले माेटरसाइकलकाे नम्बर नखुलाउँदा शंका उत्पन्न भएको स्थानीयले बताएका छन् । साे माेटरसाइकल भारतीय नम्बर प्लेटकाे रहेकाे हुन सक्ने स्थानीयको अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies