
काठमाडौं : वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो । जसमा १३ जनाले आवेदन दिएकाध्ये ६ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । तीमध्येबाट सरकारले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।