२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

शेखर गोल्छासँग एक करोड धरौटी माग

Nada
२०८३ साउन २६ गते १८:१३
Shares
शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौँ : विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

ncell

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए ।

यसअघि अदालतमा उनको बकपत्रसमेत गराइएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा सुनुवाइ अघि बढ्ने क्रममा अदालतले तत्कालका लागि धरौटीमा रिहा हुने व्यवस्था गरेको हो ।

गोल्छाले यसअघि पनि एक करोड रुपैयाँ धरौटी बुझाएका थिए । गत १२ साउनमा काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर