२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Nada
२०८३ साउन २८ गते १५:५९
Shares
नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ ।

ncell

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अंकले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अंकले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अंकले बढेर १५७ दशमलव ३३ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज  १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैंक डिबेञ्चर, ग्लोबल आइएमई बैंक डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैंकको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् । 

ताजा खबर

सम्बन्धित खबर