२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

क्याम्ब्रिज युनिभर्सिटीले गर्‍यो क्याम्ब्रिज इंग्लिस लिडरसिप कन्फरेन्स

Nada
२०८३ साउन २८ गते २१:१४
Shares
क्याम्ब्रिज युनिभर्सिटीले गर्‍यो क्याम्ब्रिज इंग्लिस लिडरसिप कन्फरेन्स

काठमाडौं : क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले क्याम्ब्रिज इंग्लिस लिडरसिप कन्फरेन्स २०२६ आयोजना गरेको छ । सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई)को बढ्दो प्रयोग भएको समयमा विद्यार्थीलाई भविष्यका लागि कसरी तयार गर्ने भन्ने विषयमा छलफल भएको थियो । विद्यार्थीकेन्द्रित कक्षाकोठा, प्रभावकारी मूल्यांकन, तथ्यमा आधारित प्रतिक्रिया तथा सञ्चार सीपको बलियो आधारले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक रूपमा सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा सम्मेलनमा जोड दिइएको थियो । 

ncell

क्याम्ब्रिजको हालैको करिब १ हजार ९ सय कलेज विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार, करिब १०० प्रतिशत विद्यार्थीले राम्रो रोजगारी प्राप्त गर्न अंग्रेजी महत्त्वपूर्ण रहेको बताएका छन् । त्यस्तै, ३० प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा सीप र आत्मविश्वासलाई रोजगारी प्राप्त गर्न प्रमुख चुनौतीका रूपमा पहिचान गरेका छन् । आधाभन्दा बढी अर्थात् ५७ प्रतिशत विद्यार्थीले रोजगारीका लागि आफू पूर्ण रूपमा तयार नभएको बताएका छन् । 

सर्वेक्षणअनुसार विद्यार्थीहरूले आफ्नो सीप विकासका लागि प्राविधिक तथा उद्योगसम्बन्धी प्रमाणपत्र, इन्टर्नसिप वा वास्तविक परियोजना तथा अंग्रेजी भाषा प्रमाणपत्रलाई पनि प्राथमिकता दिने गरेका छन् । 

यसैबीच, क्याम्ब्रिज युनिभर्सिटी र ब्रिटिस काउन्सिलको अर्को अध्ययनले बहुभाषिक शिक्षण पद्धतिले अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउन सक्ने देखाएको छ । २०२६को मल्टिएड स्टडीअन्तर्गत गरिएको अनुसन्धानले विद्यार्थीको मातृभाषा तथा क्षेत्रीय भाषालाई अंग्रेजीसँग रणनीतिक रूपमा प्रयोग गर्दा पढ्ने क्षमता, कक्षाकोठामा सहभागिता र विद्यार्थीको आत्मविश्वासमा सुधार आएको देखाएको छ । साथै, यसले अंग्रेजी सिकाइमा नकारात्मक असर नपारेको पनि अध्ययनले देखाएको छ ।

नेपालका धेरै विद्यार्थी उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने क्रम बढ्दै गएको अवस्थामा सञ्चार सीपको महत्त्व अझ बढेको छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले भने, ‘एआई हाम्रो दैनिक सिकाइको हिस्सा बन्दै जाँदा प्रभावकारी रूपमा सञ्चार गर्ने, विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सोच्ने क्षमता झनै महत्त्वपूर्ण हुँदै गएको छ । यी सीप विद्यार्थीको विद्यालय शिक्षाकै क्रममा क्रमशः विकास हुन्छन् र सुन्ने, बोल्ने, पढ्ने तथा लेख्ने आधारभूत सीपमा आधारित हुन्छन् ।

विद्यालयहरूले अंग्रेजीलाई एउटा विषयका रूपमा मात्र नभई शैक्षिक सफलता, रोजगारी र जीवनभरको सिकाइमा सहयोग गर्ने व्यावहारिक भाषा दक्षता विकासमा ध्यान दिन आवश्यक छ ।’

यस्तै, दक्षिण एसियाका लागि अंग्रेजी, कन्ट्री हेड अरुणाचलम टिकेले भने, ‘दक्षिण एसियामा विद्यालय, अभिभावक र विद्यार्थीबाट अन्तर्राष्ट्रिय स्तरमा मापन गर्न सकिने भाषा दक्षताको माग बढिरहेको छ । अहिले अंग्रेजीलाई एउटा विषयका रूपमा पढाउनेभन्दा पनि विद्यार्थीले वास्तविक जीवनमा आत्मविश्वासका साथ प्रयोग गर्न सक्ने सञ्चार सीप विकास गर्ने दिशामा ध्यान केन्द्रित भइरहेको छ ।’  

सम्मेलनमा सहभागी शिक्षक तथा विद्यालय नेतृत्वकर्ताले सञ्चार सीप विद्यार्थीको विद्यालय जीवनभर विकास हुने र शैक्षिक सफलता, आत्मविश्वास, आलोचनात्मक सोच तथा सहकार्यका लागि महत्त्वपूर्ण हुने बताएका थिए । 

ताजा खबर

सम्बन्धित खबर