
काठमाडौं : कुमारी बैंकको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा सुविधाबमोजिम लाभग्राहीलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।
श्रीमती खुमा पौडेलका श्रीमान्को दुर्घटनाजन्य निधनपश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।