२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

Nada
२०८३ साउन २८ गते २१:२१
Shares
सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं : एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स भिजन  टु भ्यालु २०८३ कार्यक्रम ‘एम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ भन्ने नारासहित सम्पन्न भएको हो । 

ncell

कम्पनीका अध्यक्ष रतनलाल केडिया, सदस्य भरतकुमार तोदीले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू, तथा उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस अफिसरहरूको सहभागिता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत आर्थिक वर्षमा बिमाशुल्क संकलनमा प्राप्त सफलताप्रति सबै कर्मचारीलाई बधाई ज्ञापन गरे । उनले उपलब्धिहरूलाई सम्मान गर्दै टिम सहकार्य तथा अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा उल्लेख गरे । साथै, उनले आगामी वर्षका लागि रणनीतिक योजना प्रस्तुत गर्दै नयाँ उत्पादनमा नवप्रवर्तन, सिएसआर गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई संस्थागत प्रभाव मजबुत बनाउन प्राथमिकता दिने बताए ।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टिमवर्क र उपलब्धिलाई मान्यता दिँदै उत्पादन विविधीकरण तथा बजार बुझाइमा ध्यान केन्द्रित गर्नका लागि निर्देशन दिए । उनले कर्पोरेट सुशासन र अनुपालनलाई जोड दिँदै दिगो वृद्धि र हितधारक मूल्य सिर्जनामा प्रतिबद्धता जनाए । गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुख, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूलाई सम्मानित गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यानुभव साटासाट गरेका थिए ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर