२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

मोतीजयन्ती : राष्ट्रिय गजल दिवस

Nada
२०८३ साउन २९ गते १६:५८
Shares
मोतीजयन्ती : राष्ट्रिय गजल दिवस

काठमाडौं : नेपाली गजलका आदिगजलकार मोतीराम भट्टको जन्मजयन्तीका दिन हरेक वर्ष भाद्र कुशे औँसीका दिन 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाइने भएको छ।

ncell

नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ परिषद्को साउन २८ गते बसेको पहिलो बैठकमा उक्त निर्णय भएको हो।

प्रस्ताव नं. २ मा 'मोती जयन्ती मनाउने सम्बन्धमा'अन्तर्गत 'हरेक वर्ष मोतीजयन्ती (कुशे औँसी)लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरियो' उल्लेख छ।

गजल अभियन्ता तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले राष्ट्रिय विभूति आदिगजलकार मोतीराम भट्टको सम्मान तथा हजारौँ स्रष्टाको प्रिय विधा गजलको उत्थान र सम्मानका लागि मोतीजयन्तीलाई 'राष्ट्रिय गजल दिवस' घोयणा गर्न माग गर्दै आएका थिए।

'प्रतिष्ठानले धेरै पहिले यो काम गर्नुपर्थ्यो, अहिले काम भयो', उनले भने, 'यसबाट मोतीराम, नेपाली गजल र समग्र गजलकारको सम्मान भएको छ, प्रतिष्ठान स्वयं पनि सम्मानित भएको छ।'

प्रतिष्ठानदुवारा जारी विज्ञप्तिअनुसार उक्त बैठकले परिषद् सदस्यहरूको विभागीय कार्य विभाजन पनि गरेको छ! यसअनुसार  उपकुलपति अविनाश श्रेष्ठ गद्य तथा प्रकाशन, सदस्य

सचिव डा. रोशन शेरचन दर्शन, प्रतिसरा सायमि लोकसाहित्य तथा नारी लेखन, डा. कृष्णराज सर्वहारी सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवा मातृभाषा तथा लिपि, तीर्थ गुरुङ अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरू बाल तथा किशोर साहित्य,  नवीन अभिलाषी दलित साहित्य, युवा लेखन तथा डिजिटलाईजेसन, दीपक सापकोटा काव्य, संस्कृति तथा डिजिटलाईजेसन र प्रा. डा. दुर्गाबहादुर घर्तीले समालोचना, भाषा, व्याकरण तथा कोश विभागको जिम्मेवारी पाएका छन्।

प्रस्ताव ३ मा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थाहरूसँग सहकार्य गरी मंसिर महिनाभित्र २ दिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरिएको छ।

ताजा खबर

सम्बन्धित खबर