२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

Nada
२०८३ साउन ३० गते १३:३५
Shares
कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिया : कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ ।

ncell

कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरूको मृत्यु भएको बताएका छन् ।  घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरूले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।

सरकारी तथ्यांकले विपत्तिको परिमाणलाई पुष्टि गरेको छ भने पश्चिमी कोलम्बियामा हजारौँ  आवासीय घर विद्यालय, तथा स्वास्थ्य सुविधाहरूका साथै  सार्वजनिक पूर्वाधारहरूमा  गम्भीर रूपमा क्षति पुर्‍याएको जनाइएको छ ।

भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ । भूकम्प पछि आएका शक्तिशाली पराकम्पहरूको शृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर