२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

Nada
२०८३ साउन ३० गते १६:५३
Shares
यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ : यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु. ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु. ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व संकलन भएको हो ।

ncell

चालक अनुमति पत्रबाट रु. १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट रु. तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँच पासलगायत विभिन्न शीर्षकबाट संकलन भएको उनले बताए । सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा रु. ५४ करोड राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो ।

गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागजपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व संकलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर