२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एसियन जुनियर चेस टोली भारत प्रस्थान

Nada
२०८३ साउन ३१ गते १९:२०
Shares
एसियन जुनियर चेस टोली भारत प्रस्थान

काठमाडौं : अल इन्डिया चेस फेडेरेसन एआइसिएफको आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिखसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेका छन् ।

ncell

नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाडी एआइएम अभिक शाह र दानिशा पुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

उक्त प्रतियोगिताको प्रोटेस्ट तथा अपील कमिटीमा अध्यक्ष हेराकाजी महर्जन तथा फिडे आर्विटर एफए सोराज ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

एसियन जुनियर चेस स्पर्धामा क्लासिकल, ¥यापिड तथा ब्लिट्ज् गरी तीन विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछ । जसअन्तर्गत क्लासिकलतर्फ ९ चरण, ¥यापिड र ब्लिट्ज् समान ७ चरणका खेल हुनेछन् । खेलमा ६ राष्ट्रका ६२ खेलाडीले स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 

विश्व बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगितामा विजेताले अन्तर्राष्ट्रिय मास्टरको टाइटलसहित ग्रान्ड मास्टरका लागि नर्म हासिल गर्नेछन् । उपविजेता र तृतीय हुने खेलाडीले फिडे मास्टर टाइटल तथा अन्तर्राष्ट्रिय मास्टरको नर्म प्राप्त गर्नेछन् ।

नेपालका १९४८ रेटेड खेलाडी एआइएम अभिक शाहले आफ्नो तयारी राम्रो रहेको र सुखद् नतिजा हासिल गर्दै टाइटल प्राप्त गर्ने अवसरको रूपमा लिएको बताए ।

प्रतिस्पर्धामा उच्च वरीयता २४७७ रेटेड आइएम पिङ्गिन अर्टेम, २४०४ रेटेड आइएम आदित्य धिङ्ग्रा, २३८५ रेटेड एफएम लोमादोभ अमानु मोहम्मदले चुनौती प्रस्तुत गर्नेछन् । 

गर्ल्स विधातर्फ दानिशा पुरिले प्रतिस्पर्धालाई अनुभव गर्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य रहेको बताइन् । उनले उच्च वरीयता डब्लुएफएम २२१३ रेटेड स्वारालक्षमी, २२०७ रेटेड डब्लुएफएम सोरादोभा लारा, २१२९ रेटेड डब्लुएफएम प्रतिती वोर्डोलोइको चुनौती सामना गर्नेछिन् ।

ताजा खबर

सम्बन्धित खबर