
काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष पाण्डे निर्वाचनमा १ सय ८८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम अध्यक्षकी उम्मेदवार युविका भण्डारीले १ सय ५८ र जीस्वन तुलाधर श्रेष्ठले १ सय ६ मत प्राप्त गरेका थिए । नाट्टाको ५९ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिती चयन गरेको हो यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २ सय ५१ मतसहित निर्वाचित भएका छन् ।
उपाध्यक्षमा सविता केसी भट्टराई १ सय ७७ मत, महासचिवमा राजकुमार देवकोटा १ सय ५८ मत ल्याएर विजयी भए । नाटाको सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा ,सहकोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका हुन् । यस्तै सदस्यहरूमा स्मरिका थापा, प्रकाश लोहनी, नबिन गुरुङ, दिनेश मैनाली, सुमन लाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र बिभाष पौडेल निर्वाचित भए ।