२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

Nada
२०८३ भदौ २ गते १२:०६
Shares
नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

काठमाडौं : नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्स प्रा.लि.ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा भव्य सफलता हासिल गरेको छ । भृकुटीमण्डपमा आयोजित ६ दिने एक्स्पोमा कम्पनीले ३०० भन्दा बढी गाडीहरूको उल्लेख्य बुकिङ प्राप्त गरेको छ ।

ncell

यस एक्स्पोमा लिपमोटरको स्टलमा अवलोकनकर्ताहरूको निकै भीड लागेको थियो, जसमा हालै सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक एसयूभी 'बी०३ एक्स' मुख्य आकर्षण बन्यो । यस गाडीमा रहेको सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री, ५०५ किलोमिटरसम्मको उत्कृष्ट रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस र अत्याधुनिक 'लेभल २ एडास' सुरक्षा प्रविधिले गर्दा यो अटो शोकै प्रमुख आकर्षण बन्न सफल भयो ।

यसैगरी, मेलामा लिपमोटरको अर्को लोकप्रिय मोडल 'बी१०'ले पनि ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । हालै गरिएको मूल्य कटौती र मेलाका विशेष अफरहरूले गर्दा 'बी१०' प्रिमियम इभी सेग्मेन्टमा उत्कृष्ट र आकर्षक विकल्पको रूपमा स्थापित भयो । एक्स्पोको सफलतापछि साङ्ग्रिला मोटर्सले अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

मासेराटी, अल्फा रोमियो र प्यूजो जस्ता १४ वटा विश्वप्रसिद्ध ब्रान्डहरू आबद्ध रहेको अटोमोटिभ समूह 'स्टेलान्टिस'को विश्वव्यापी साझेदारीमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यु इनर्जी भेहिकल ब्रान्ड हो । यसले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको थियो । विश्वका ४० भन्दा बढी देशहरूमा १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई विश्वस्त र ढुक्क बनाउँदै आएको छ ।

सम्बन्धित खबर