२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

टाटा कार्निभल : पुरानो गाडी दिएर नयाँ पन्च इभी र टियागो इभी साट्न पाइने

Nada
२०८३ भदौ ३ गते ११:५५
Shares
टाटा कार्निभल : पुरानो गाडी दिएर नयाँ पन्च इभी र टियागो इभी साट्न पाइने

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण सुरु गर्ने भएको छ । आगामी भदौ ४ गतेदेखि भदौ ७ गतेसम्म चल्ने यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्ना जुनसुकै पुराना गाडी दिएर हालै नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ पन्च इभी र नयाँ टियागो इभीसँग साट्न सक्नेछन् ।

ncell

कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ गाडी खरिद गर्दा डाउनपेमेन्टको रूपमा राखेर टाटा मोटर्सका नयाँ विद्युतीय गाडीहरू घर लैजान सक्ने आकर्षक व्यवस्था मिलाइएको छ ।

यस योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले विभिन्न विशेष सहुलियतहरू प्राप्त गर्नेछन् । कम्पनीले यस क्याम्पमा गाडी बुकिङ गर्ने ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डिसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

यी नयाँ विद्युतीय गाडीहरू हालै सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर विशेष अफरका साथ नेपाली बजारमा सार्वजनिक गरिएका हुन् । बजारमा नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो इभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च इभी ३२ केडब्लुएच र ४० केडब्लुएच क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध रहेको छ, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ । यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बिएनसिएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सि डिसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।

त्यसैगरी, दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो इभीमा नयाँ लुक्स र आकर्षक रङहरू उपलब्ध छन् । यस गाडीमा यात्रालाई सुरक्षित र मनोरञ्जनात्मक बनाउनका लागि ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू प्रदान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर