
काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई ५ वर्षका लागि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रावल नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए । यसअघि सरकारले किरण पण्डित डेपुटी गभर्नर गरेको थियो ।