२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : प्रधानमन्त्री ओली

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १३:४१
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पीडितमैत्री रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विधेयक पीडितमैत्री रहेको र सहमतिका साथ ल्याइएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।

उनले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताए । प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेकाले पारित भएका कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे । 

“हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिषाबको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ’,  प्रधानमन्त्री ओलीले भने, “नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुसी व्यक्त गर्दछु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’’

ADVADV

सम्बन्धित खबर

Advertise