काठमाडौं : भारतका चर्चित गायक तथा र्यापर जेड बी पहिलो पटक सांगीतिक प्रस्तुतिको लागि नेपाल आउने भएका छन् । उनलाई एल एण्ड एन मोडेल एजेन्सीले नेपाल ल्याउन लागेको सो एजेन्सीका प्रवन्ध निर्देशक नितिन कायस्थले मध्यान्हलाई जानकारी दिए । सीईओ कायस्थका अनुसार ठमेलस्तिथ क्लब फरेन्हाइटमा आगामी डिसेम्बर ९ तारिक (मांसिर २३ गते) शुक्रबारका दिन जेड बीको सांगीतिक प्रस्तुति राखिने सम्बन्धमा दुबै पक्षबीच सहमति भएको हो ।
भारतीय चर्चित गायक तथा र्यापर जेड बी सांगीतिक प्रस्तुतिका लागि ३ दिने नेपाल भ्रमणमा आउने छन् । त्यस क्रममा उनले आफ्ना नेपाली प्रशंसकहरुलाई भेट्ने, पशुपतिनाथको दर्शन गर्ने र पोखरा फेवातालमा घुम्ने आफ्नो इच्छा व्यक्त गरेका छन् ।
जेड बीका दर्जनौं भन्दा बढी हिट र्याप गीत संगीत रहेका छन्, जसमध्ये सबैभन्दा बढी टिकटकदेखि संसारभर रुचाइएको गीत “काटके कलेजा दिखादेंगे, मम्म्मी से तुझ्को मिलादेंगे” अधिकांश नेपाली युवाहरुको मन जित्न सफल मानिन्छ ।
उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण एवं प्रवर्द्धनसँगै व्यावसायिक प्रवर्द्धनसमेत रहेको प्रबन्ध निर्देशक कायस्थले जानकारी दिए ।
उक्त कार्यक्रममा भारतीय मात्र नभई नेपाली र्याप गर्दै आइरहेका चर्चित गायक र्यापर अयुक्स म्युजिक एण्ड टिमको पहिलो प्रस्तुति रहने र क्लबका विभिन्न इन हाउस डीजेहरुको पनि आकर्षक प्रस्तुति रहने एजेन्सीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies