२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा

Nada
२०८३ भदौ ५ गते १४:०८
Shares
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा

काठमाडौँ : नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।

ncell

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्का पक्षले त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दिएका हुन् ।

देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका थिए । रिटमा कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ ।

संस्थापन पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी छ । उक्त कार्यतालिका एकपक्षीय रूपमा ल्याइएको आरोप देउवा तथा नेता डा. शेखर कोइराला समूहले लगाउँदै आएको छ ।

यसैबीच, आज बिहान देउवा र डा. शेखर कोइरालाबीच चुनदेवीमा भेटवार्ता भएको थियो । कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया, नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला दुई समूहबीचको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सर्वोच्च अदालतले केही समयअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको आदेश दिएको थियो । उक्त आदेशपछि महाधिवेशनको प्रक्रिया र कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद थप गहिरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर