काठमाडौं÷मस– गायक नविन कुमार पौडेलको ‘पानी पर्यो छाता छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको अडियो तथा भिडियो डिस्ट्रिब्युसनको जीम्मेवारी पाएको नेपमेला म्युजिक कम्पनीले मंसिर २ गते शुक्रबार उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
यस गीतमा गायक नविन र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिने छ । यस गीतको शब्द तथा संगीत प्रकाश लामाको रहेको छ । भिडियोमा सरोज राना प्रजा र समारिका ढकालको अभिनय देख्न सकिने छ ।
भिडियोको कोरियोग्राफी विकास नेपालीले गरेका छन् भने भिडियोमा सिनेम्याटोग्राफी दिनेश पराजुलीले गरेका छन् । यो गीतको भिडियोलाई निर्देशन भने सुरेन्द्र बसेलले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies