२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

लिपमोटर सी१० का लागि विशेष मूल्य घोषणा

Nada
२०८३ भदौ १२ गते १३:३६
Shares
लिपमोटर सी१० का लागि विशेष मूल्य घोषणा

काठमाडौं : नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि. (गोल्छा अर्गनाइजेसन अन्तर्गत)ले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी, लिपमोटर सी१० को नयाँ २०२६ मोडल नेपाली बजारमा सार्वजनिक गर्दै विशेष अफर मूल्य घोषणा गरेको छ । कम्पनीका अनुसार यस मोडलका लागि सुरुवाती विशेष मूल्य ७५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो विशेष अफर अवधि सकिएपछि गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

ncell

नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको यो एसयूभीको २०२६ मोडलमा थप परिष्कृत र अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन् । यसमा गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सहज सपोर्ट उपलब्ध छ ।

यो एसयूभी उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि प्रख्यात ‘सेल–टु–चेसिस’ प्रविधिमा निर्माण गरिएको हो । यसमा १६० किलोवाटको शक्तिशाली इलेक्ट्रिक रीअर ह्वील ड्राइभ मोटर रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किमीसम्मको रेन्ज प्रदान गर्दछ । नेपाली सडक अनुकूल बनाउन यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम राखिएको छ ।

गाडीको भित्री भागलाई निकै विलासी र प्रविधियुक्त बनाइएको छ, जसमा १४.६–इन्चको ठुलो सेन्ट्रल टचस्क्रिन, १०.२५–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको आकर्षक प्यानोरमिक ग्लास रूफ, अत्याधुनिक एल२ एडास सुरक्षा प्रविधि, आरामदायी प्रिमियम लेदरेट सिटहरू रहेका छन् ।

लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यू इनर्जी भेहिकल ब्रान्ड हो । यो ब्रान्ड माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्रान्डहरू आबद्ध रहेको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’ को विश्वव्यापी सहकार्यमा सञ्चालित छ ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधनहरू बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट गाडीहरू बिक्री भएका थिए । हाल विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको बलियो नेटवर्कमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई भरपर्दो र सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर