२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

केसीसी शैक्षिक प्रदर्शनी बिहीबारदेखि

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:५३
केसीसी शैक्षिक प्रदर्शनी बिहीबारदेखि

काठमाडौं : काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । 

कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजीव तिमिल्सिनाले बताए ।

प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । 

सिंह क्याम्पस रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरुका साथै नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले बताए । 

कार्कीले विद्यार्थीले औपचारिक अध्ययनसँगै रोजगारमा पनि जोडिन चाहेको शिक्षा खोजेकाले आफूहरुले त्यस्तै शिक्षा प्रदान गर्दै आएको बताए । कार्कीले प्रदर्शनीले विद्यार्थीहरुमा केही गरौं भन्ने भावना जाग्ने अपेक्षा गरेको जनाएका छन् । कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो ।

केसीसी एक्जिबिट २०२४ को मूल नारा आविष्कार, प्रदर्शन, उत्प्रेरणा रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्ने छन् । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् । 

प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि मिडिया संयोजक तिमल्सिनाले बताए । 

कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुको विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । 

सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजमा सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन तथा आमसञ्चारलगायतका विषयको पढाइ हुँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise