२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बेचन विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस शुरू 

Nada
२०८१ साउन ३१ गते १०:१९
Shares
बेचन विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस शुरू 

काठमाडौँ : भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजबाट शुरू हुने भएको छ । 

ncell

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् ।

सरकारी वकिल र झा पक्षका कानुन व्यवसायीले बहस सकेपछि उनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।

यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका  थिए । 

सरकारी वकिलले झालाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर