२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘कुपोषण अन्त्यमा सरकारको ध्यान गएको छ’

ADV
कुलेन्द्र शाही
२०८१ साउन ३१ गते १४:१४
‘कुपोषण अन्त्यमा सरकारको ध्यान गएको छ’

सुर्खेत : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताएका छन् । कुपोषण मुक्त कर्णाली प्रदेशका लागि इनफ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।

‘बाल कुपोषण र भोकमरीको अन्त्य गरौं’ भन्ने नाराका साथ वर्ल्ड भिजन इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले कर्णाली प्रदेशमा पनि कुपोषणको समस्या रहेको बताए । मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको बताए ।

उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ । कृषिबाट उत्पादित अर्गानिक र गुाणस्तरीय बस्तुहरु नै कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । हामीसँग भुगोल, स्रोत साधान भए पनि हाम्रो माइन्ट मेकअप कृषितर्फ गएको छैन । त्यसैले कर्णालीमा कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरुले त्यता तिर ध्यान दिनुपर्छ ।’

साथै मन्त्री शाहले कर्णालीमा ३६ प्रतिशत पुड्कोपन रहेको र त्यसको न्यूनीकरणमा सरकार लागिरहेको बताए । कुपोषण अन्त्यका लागि सबै विकास साझेदारहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो । यस्तै मन्त्री शाहले थालेका कामहरु इमान्दारिताका साथ हरेक पक्षबाट नतिजा आउने गरी गर्न जरुरी रहेको बताए । 

यस्तै कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आर्थिक वर्ष २०७९।०८० मा २३ करोड ३० लाख २० हजार, अव २०८०।०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार विनियोजन गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise