२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १५:१२
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ  : सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

दुर्घटनामा गोलन्जोर गाउँपालिका-६ का उदय मर्साङ्गी मगर र पृथ्वी भुजेल र पवन मर्साङ्गीको मृत्यु भएको छ । 

बिहीबार गोलन्जोर-६ हैवार-नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो चियाबारीमा दुर्घटना भएको हो ।

बा.२०च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।

गोलन्जोर गाउँपालिकाबाट सिन्धुलीमाढी तरकारी लिएर आउँदै गरेको डबल क्याप बोलेरो दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise