पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेको इन्स्योरेन्सले कृषि तथा पशुपंक्षी बीमा कार्यक्रम गरेको छ । कम्पनीले राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने मूल नाराका साथ बीमा कार्यक्रम गरेको हो ।
राप्ती सोनारी गाउँपालिका वार्ड नंं. ४ र नेकोको शाखा बीच वडामा कृषि तथा पशुपंक्षी बीमा गर्न भएको सम्झौता भएको थियो । सोही अनुसार मंसीर १७ गते सोही वडाका वडाध्यक्ष मिनराज खडकाद्वारा कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कृषि तथा पशुपंक्षी बीमा कार्यक्रममा वडा भित्र कृषकहरुले पालेका कुखुरा, चल्ला, गाई, भैंसी लगायतका पशुपंक्षीको बीमा गरिने भएको छ । गाउँपालिकाका अन्य वडाका कार्यालयसँग पनि बीमा सम्झौता गरी कार्यक्रम लागु गरिने भएको छ । कार्यक्रममा प्राविधिक तिलक भण्डारी पनि सहभागी भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies