काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकको लाभांश दर घटेको छ । पोहोर १४ प्रतिशत दिएको मितेरीले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले १२.३५ प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको छ । बाँकी कर प्रयोजनलाई नगद हो ।
हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रुपैयाँ छ। बोनस वितरण पछि चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख रुपैयाँ नाघ्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंक र वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies