२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

गठ्ठाघर दुर्घटना : ट्रक चालक फरार, मृतकको शव शिक्षण अस्पतालमा

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १७:३७
गठ्ठाघर दुर्घटना : ट्रक चालक फरार, मृतकको शव शिक्षण अस्पतालमा

काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव प्रहरीले अस्पताल पठाएको छ । 

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको थियो । दुर्घटनामा परेर बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकले ज्यान गुमाएकी हुन् ।

ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । ट्रक चालक फरार रहेको र खोजी भइरहेको छ । 

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका थिए भने प्रहरीले तत्काल आगो निभाएको थियो । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । अवस्था तनावपूर्ण बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise