२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बैरागीको शब्दमा गायिका न्यौपानेको तिज गीत ‘आएन परदेशी’

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन ३१ गते २०:३१
बैरागीको शब्दमा गायिका न्यौपानेको तिज गीत ‘आएन परदेशी’

काठमाडौं : गायिका सञ्जु न्यौपानेले नयाँ ‘आएन परदेशी’ बोलको तिज गीत ल्याएकी छन् । नजिकै आउँदै गरेको हिन्दु नारीहरुको महान् पर्व तिजको अवसर पारेर फरकपनको गीत ल्याएको गायिका न्यौपानेले बताइन् ।

मौलिक सांस्कृतिक पर्व तिजको अवसर पारेर बजारमा धेरै गीत आउनेक्रम चलिरहँदा आफूले पनि कोसेलीस्वरुप यस गीतकोे भिडियो सार्वजनिक गरेको उनले सुनाइन् । गीतकार सुमन बैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा गायिका न्यौपानेको आवाज रहेको छ ।

न्यौपानेलाई अर्की गायिका बेलीमाया पुलामीले पनि आवाजमा साथ दिएकी छन् । गीतको संगीत संयोजन डोलराज बाह्रघरेले गरेका हुन् भने विपिन आचार्यको मिक्सिङ रहेको छ । उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् ।

दुर्गा पौडेलको छायाँकन तथा नविन घर्ती मगरको सम्पादन रहेको भिडियोमा गायिका न्यौपाने, सजिना लामिछाने, सविता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेलगायतको अभिनय रहेको छ ।

उक्त भिडियोलाई गायिका न्यौपानेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने शुभकामना मिडिया सोलुसनले अडियो भिडियोको निर्माण एवम् व्यवस्थापन गरेको छ । गायिका न्यौपानेले यसभन्दा अघि पनि धेरै गीतहरू बजारममा ल्याइसकेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise