२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

कांग्रेस महाधिवेशन तयारी : ७७ वटै जिल्लामा देउवा समूहले खटायो केन्द्रीय प्रतिनिधि

Nada
२०८३ भदौ २७ गते १८:०२
Shares
कांग्रेस महाधिवेशन तयारी : ७७ वटै जिल्लामा देउवा समूहले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तथा तल्लो तहका अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न देउवा समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

महाधिवेशन तयारीअन्तर्गत विभिन्न जिल्लामा जिम्मेवारी तोक्दै प्रतिनिधिहरू परिचालन गरिएको हो। जसअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललाई जिम्मेवारी दिइएको छ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै महाधिवेशन तथा अधिवेशनहरू सफल बनाउन पार्टीका सबै पक्षलाई आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै तहका जिम्मेवार साथीहरूलाई आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।’ साथै क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई समेत अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ ।

यसअघि भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो ।

अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तहमा तयारी समितिसमेत गठन गरिने भएको छ । बैठकको निर्णयअनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका तथा वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ ।

महाधिवेशनको तयारी तीव्र पार्दै कांग्रेसले तल्लो तहदेखि नै संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने प्रयास थालेको हो ।

ताजा खबर

सम्बन्धित खबर