२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा ५ लाख सहयोग

Nada
भरत प्रधान
२०८३ भदौ २७ गते २०:२०
Shares
बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा ५ लाख सहयोग

लिस्बन : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए । 

‘देशमा ठूलो संकट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको हुँ, विपत्तिको  घडीमा पीडितलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व पनि हो । सानो सहयोगले पीडितलाई केही भए पनि राहत मिलोस् भन्ने हाम्रो चाहना हो,’ गैरेले भने । बाढीबाट प्रभावित रसुवाका करिब ५० घरपरिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको उनले बताए ।

नवलपुरको गैंडाकोटका गैरे विगत दुई दशक देखि पोर्चुगल बस्दै आएका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष समेत रहेका उनले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर