२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रचण्डसँग बेलायतका राजदूत फेनको भेट

Nada
२०८१ साउन ३२ गते ११:५६
Shares
प्रचण्डसँग बेलायतका राजदूत फेनको भेट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास व्यक्त गरे ।

ncell

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्यायलगायत क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।

सो क्रममा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकामा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले अध्यक्ष दाहालको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकामा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै तत्पर रहेको उल्लेख गर्नुभएको दाहालको सचिवालयले जनाएको छ । 

राजदूत रोबले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रूची बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए । उनले तत्कालीन प्रधानमन्त्री दाहालको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफ्नो योगदान रहने बताए ।

ताजा खबर

सम्बन्धित खबर