२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

ADV
मध्यान्ह
२०८१ साउन ३२ गते १४:०६
बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङ : बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । पुलको लागत दुई करोड ७१ लाख २७ हजार ९६४ रहेको बताइएको छ । 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए । 

चारवर्षअघि  २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी  छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise