२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

Nada
२०८३ असोज ४ गते १८:०६
Shares
जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइँदै छ ।

ncell

उत्तरगया गाउँपालिका–३ निवासी ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका-४ निवासी २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई उद्धार गरिएको हो । दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइँदै छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन चुनौती उत्पन्न भएको छ ।

यस्तो कठिन परिस्थितिमा जटिल स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षाका लागि आवश्यक समन्वय गर्दै उद्धार तथा उपचारको व्यवस्था मिलाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर