२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

विज्ञापनसँग अभिव्यक्ति स्वतन्त्रताको सम्बन्ध नरहेको सरकारी जिकिर

Nada
२०८३ असोज ५ गते १८:०२
Shares
विज्ञापनसँग अभिव्यक्ति स्वतन्त्रताको सम्बन्ध नरहेको सरकारी जिकिर

काठमाडौं : विज्ञापन प्रकाशनमा लगाइएको रोकले अभिव्यक्ति स्वतन्त्रता हनन नहुने दाबीसहित सरकारले सर्वाेच्च अदालतमा लिखित जवाफ पेस गरेको छ । 

ncell

सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०६३ ले नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक हनन् भएको दावी सहित परेको रिट निवेदन उपरको लिखित जवाफ पेस गर्दै सरकारले सो जिकिर गरेको हो ।  विज्ञापन प्रकाशनको सम्बन्धले अभिव्यक्ति स्वतन्त्रतामा असर नगर्नै दावी गर्दै रिट समेत खारेजको माग सरकराले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले हालै सर्वोच्च अदालतमा छुुट्टाछुट्टै लिखित जवाफ पेस गर्दै सो जिकिर गरेका हुन् ।

लिखित जवाफमा सार्वजनिक खरिद ऐनको दफा १४, ३० र ४० को संशोधनले सेवा प्रदायकलाई सरल, सहज र सुलभ हुनुको साथै खरिद प्रणालीमा स्वच्छता कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा हुन नदिन र पारदर्शिता कायम गर्न सो व्यवस्था  गरिएको जिकिर पनि लिखित जवाफमा गरिएको छ ।

विधायिकाले आफ्नो अधिकार प्रयोग गरी सार्वजनिक खरिद ऐन संशोधन गरेको विषयलाई असंवैधानिक भन्न मिल्ने नदेखिएको, ऐन निर्माण गर्ने र संशोधन गर्ने विधायिकालाई संविधानले अधिकार दिएको भन्दै ऐन संशोधन गर्नु विधायिकाको दायित्व भएको समेत लिखित जवाफमा जिकिर गरिएको छ । संशोधनले सञ्चारमाध्यम र पत्रपत्रिकाले आफ्नो विचार, समाचार र विश्लेषण स्वतन्त्र रुपले प्रकाशन र प्रसारण गर्न पाउने अधिकारमा रोक नलगाइएकोले अभिव्यक्ति स्वतन्त्रतामा विज्ञानको सम्बन्ध समेत नरहेको जिकिर गरिएको छ ।  

संविधानले प्रत्याभूत गरेको प्रेस र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकसँग संशोधनको कुनै सम्बन्ध नभएको, पत्रिका र सरकारी अनलाइनमा बोलपत्र सम्बन्धी सूचना प्रकाशित गर्दा दोहोरो पर्ने भएकाले सरकारी अनलाइनबाट मात्र प्रकाशित गर्ने गरी संशोधन गरेको नि जिकिर गरिएको छ ।

बोलपत्र आव्हान सम्बन्धी सरकारी विज्ञापन पत्रिकामा प्रकाशित गर्न नपर्नेगरी भएको सार्वजनिक खरिद ऐन, २०६३ मा भएको संशोधन संविधान विपरीत भएको दावी सहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ताद्धय अनन्तराज लुईटेल र रामप्रसाद पुडासैनीले जेठ १२ मा रिट दायर गरेका थिए ।  

सर्वोच्चमा मुद्दा चलिरहेकै बेला संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाले संशोधन स्वीकृत गरेकापश्चात् सो संसोधन भई राष्ट्रपति रामचन्द्र पौडेलबाट असार २५ मा प्रमाणीकरण भएपछि पुनः अधिवक्ताद्धय लुईटेल र पुडासनैले संसोधन खारेजीको माग सहित पुरक निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतको साउन २७ गते बसेको संवैधानिक इजलासले उक्त संशोधन उपरको रिटमा सरकारका नाममा सात दिनको समय दिई कारण देखाउ आदेश जारी गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर