२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

इम्पावरको पहलमा युएईस्थित राेजगारदाताद्वारा बाढीप्रभावितका लागि २० हजार दिराम सहयोग

Nada
२०८३ असोज ६ गते ११:४२
Shares
इम्पावरको पहलमा युएईस्थित राेजगारदाताद्वारा बाढीप्रभावितका लागि २० हजार दिराम सहयोग

काठमाडौं : वैदेशिक राेजगार क्षेत्रकाे अग्रणी संस्था इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.काे पहलमा युएईस्थित एक राेजगारदाताले भोटेकोशी बाढीप्रभावितका लागि करिब ८ लाख ४० हजार रुपैयाँ बराबर हुने २० हजार दिराम सहयोग गरेको छ ।

ncell

इम्पावर हन्टर एचआरका बिजनेस डेभलपमेन्ट डाइरेक्टर तीर्थबहादुर गिरीसमेतको उपस्थितिमा युएईस्थित राेजगारदाता सफारी हाइफर मार्केट ग्रुपका सञ्चालक अब्दुल साहिवले दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । उक रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार काेषमा जम्मा भएको नेपाल वैदेशिक राेजगार व्यवसायी संघका सचिव समेत रहेकम म्यानपावर सञ्चालन केदारनाथ अधिकारीले जानकारी दिए ।

कठिन समयमा आफूहरू नेपालको साथमा रहेको भन्दै सफारी सञ्चालक साहिवले बाढीबाट प्रभावित नेपाली जनतालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले प्रदान गरेको रकम बाढी प्रभावित क्षेत्रमा प्रभावितहरूकाे स्वास्थ्य, शिक्षा, मेडिकल, तालिम, आवास जस्ता विषयमा सदुपयोग हाेस् भन्ने चाहेको पनि उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर