२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भयो : रामकुमारी झाँक्री

Nada
२०८३ असोज ६ गते १८:३६
Shares
नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भयो : रामकुमारी झाँक्री

काठमाडौँ : नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गरेकी छन् । 

ncell

ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले गत वर्षको जेन जेड आन्दोलनका षड्यन्तकारीहरुले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको पनि उनको तर्क छ । तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरुले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उनको भनाइ छ । उनले पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरहेको छ अनि घरभित्रै छाता ओढेजस्तो भएको भन्दै यसको कुनै औचित्य नभएको बताइन् ।

उनले भनिन्, ‘पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरा छ अनि घरभित्रै छाता ओड्या जस्तो फेसन भएको छ । किनभने गएको भदौको २३ र २४ गतेको जे विध्वंस भयो त्यो मूलतः नेकपा एमालेको विरुद्ध थियो । नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो । अनि ती मान्छेहरूले आफू एमालेविरोधी नभनेर प्राप्तिको एजेण्डा दिए । नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले । अनि सरकार फेरेजस्तै पार्टीको नेतृत्व फेर्ने जस्तो कुरा हो कि भन्ने पनि बुझिन्थ्यो । यता त पार्टीले महाधिवेशनै गरेर आइसक्यो । अब चुनावको परिणामको कुरा त सबै मान्छे चुनावमा कसरी लाग्यौँ हामी, चुनावमा आफ्ना एजेन्डा कसरी लगेर गयौँ,  हाम्रा कमजोरीको बारेमा र हाम्रो स्ट्रेन्थको बारेमा जनतालाई पार्टीको धारणा कसरी भन्यौँ रु भन्ने कुरामा भर पर्छ होला नि ।’

उनले चुनावमा पार्टीले भोगेको परिणामको दोष नेतृत्वलाई दिन नहुने तर्क पनि गरिन् । 

ताजा खबर

सम्बन्धित खबर