
क्वालालम्पुर : नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि मलेसियामा कार्यरत इइएसएसबी सेक्युरिटी परिवार तथा सुरक्षा कर्मचारीहरूले ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढीपीडितलाई मानवीय राहत तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संकलित ३ लाख रुपैयाँ आज इइएसएसबी सेक्युरिटीका प्रतिनिधि तथा निर्देशक राम बोसको पहलमा नेपाल पठाइएको हो ।
सहयोग रकम नेपाल पठाइएको जानकारी क्वालालम्पुरस्थित नेपाली राजदूतावासका काउन्सेलर कृष्णप्रसाद भुसालमार्फत राजदूतावासलाई समेत गराइएको जनाइएको छ ।