२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

खोटाङ सेवा समाज कतारको १३औं अधिवेशन शुक्रबार

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ६ गते २२:०५
Shares
खोटाङ सेवा समाज कतारको १३औं अधिवेशन शुक्रबार

दोहा, कतार : कतारमा स्थापित जेयष्ठ सामाजिक संस्था खोटाङ सेवा समाज कतारको १३औं अधिवेशन शुक्रवार हुने भएको छ । प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा बिहान ११ः३० बजे सुरु हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका कार्यवाहक अध्यक्ष पर्शुराम श्रेष्ठले जानकारी दिए ।

ncell

‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने मूल नारासहित सन् १९९८ जनवरी ३१ मा स्थापित समाजले कतारमा रहेका खोटाङवासीलाई संगठित गर्दै सामाजिक, मानवीय तथा परोपकारी क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ । 

समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगदेखि मृतकका शव स्वदेश पठाउने र आश्रित परिवारलाई सहयोग गर्नेसम्मका काममा समाज सक्रिय रहँदै आएको छ ।

गृह जिल्ला खोटाङमा समेत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको समाजले २०७४ सालमा जिल्लाका लागि एम्बुलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेकाले समाजलाई कतारको नेपाली समुदायमा अग्रज तथा अभिभावकीय संस्थाका रूपमा सम्मान गरिँदै आएको छ । अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा तय गरिने समाजले जनाएको छ ।

अधिवेशनमा कतारमा स्थापित सम्पूर्ण नेपाली सामाजिक संघसंस्था, खोटाङवासी तथा नेपाली समुदायका प्रतिनिधिलाई उपस्थितिका लागि समाजले आग्रह गरेको छ । साथै साधारण तथा आजीवन सदस्यता लिन र सदस्यता नवीकरण गर्न इच्छुकलाई समेत समाजले अनुरोध गरेको छ ।

सम्बन्धित खबर