२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पर्सामा कृषि वन संरक्षण अभियान, २० बिघामा वृक्षरोपण सुरु

Nada
लालबाबु बानिया
२०८३ असोज ७ गते १६:४५
Shares
पर्सामा कृषि वन संरक्षण अभियान, २० बिघामा वृक्षरोपण सुरु

पर्सा : कृषि वन तथा सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा वृक्षरोपण अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत पहिलो चरणमै करिब २० बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ ।

ncell

स्थानीय व्यवस्थापन समूहको पहलमा सञ्चालन गरिएको कार्यक्रममा सार्वजनिक तथा कृषि वन क्षेत्रलाई व्यवस्थित, संरक्षण र सदुपयोग गर्ने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा पर्सा क्षेत्र नं. ४ का पूर्व सांसद रमेश रिजालले वृक्षरोपण गर्दै अभियान शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, गादीमाई वन व्यवस्थापन समिति अध्यक्ष सहरुम गदी, नेपाली काँग्रेस पर्सा कोषाध्यक्ष प्रेम थापा लगायतको सहभागिता रहेको थियो । वक्ताहरूले सार्वजनिक जग्गाको संरक्षणसँगै कृषि वनको विकासले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

लामो समयदेखि उपयोगविहीन सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै वृक्षरोपणमा प्रयोग गर्ने योजना अनुसार आँप, अमरुद, अमला, सागुवान लगायतका बिरुवा रोपिएको हो । रोपिएका बिरुवाको संरक्षण र हेरचाह स्थानीय समुदाय र व्यवस्थापन समूहको सहकार्यमा गरिने जनाइएको छ ।

अभियान सफल भएमा लक्ष्मीपुरको फुलबारी टोलमा हरियाली विस्तार हुनुका साथै सार्वजनिक जग्गाको संरक्षण र वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संदेश यादवसहित स्थानीय जनप्रतिनिधि र बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर